यमनको दक्षिणी सहर अदेन पृथकतावादीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यमनको दक्षिणी सहर अदेन पृथकतावादीको नियन्त्रणमा

aden sahar

एजेन्सी,१७ माघ । यमनमा सशस्त्र  द्वन्द् चर्काइरहेका पृथकतावादीहरुले अस्थायी राजधानी रहेको दक्षिणी सहर अदेन आफ्नो नियन्त्रणमा लिएका छन् ।सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले आदेन सहर नियन्त्रणमा लिन सफल भएका हुन् ।

पृथकतावादीहरुले आदेन सहर नियन्त्रणमा लिएसँगै यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा बसेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्याम्प पनि नियन्त्रणमा लिएका छन् ।

यमनको सरकारले अदेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । यमनको राजधानी सनालाई सन् २०१५ मा हुथी विद्रोहीले नियन्त्रणमा लिएपछि अदेनलाई अस्थायी राजधानी बनाइएको थियो । त्यसयता विद्रोही र सेनाबीच भएको संघर्षमा ९ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ३० लाख मानिस घाइते भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);