अमेरिकी स्वतन्त्र व्यापार सम्झौता नाफ्टाको छैठौ चरणको वार्ता क्यानडामा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अमेरिकी स्वतन्त्र व्यापार सम्झौता नाफ्टाको छैठौ चरणको वार्ता क्यानडामा सम्पन्न

nafta

एजेन्सी, १७ माघ । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता नाफ्टाको छैठौ चरणको वार्ता गत सोमवार क्यानडामा सम्पन्न भएको छ । उक्त वार्ताले अमेरिका, क्यानडा र मेक्सीको विचमा व्यापारलार्ई नविन दिशातर्फ लाने बारे सहमती भएको छ ।

तिनवटै देशहरुले डिजिटल क्रय, विक्रय र टेलीकम्युनीकेसनमा सहमती गरेका थिए । उक्त विषय सन् १९९४ को सक्कल सहमतीमाको कानुनमा भने उल्लेख गरिएको छैन । तर अटो उत्पादन जस्ता विभाजनका समस्यामा भने सम्झौता नगर्ने संङ्केत देखीएको छ । अहिले उत्तर अमेरिकामा भित्रने लगभग ६२ प्रतिशत कार पार्टस् सोहि क्षेत्रबाट आउनुपर्ने हुन्छ । यसको मुख्य लक्ष्य भने उत्तर अमेरीकामै रोजगारी र उत्पादनको अवसर दिनु रहेको छ ।

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको प्रशासनले भने यसलाई ६२ प्रतिशतबाट ८५ प्रतिशतमा लग्नु पर्ने प्रस्ताव राखेको छ । अमेरीकी प्रस्ताव अनुसार उत्तरी अमेरिकामै उपलब्ध हुने पार्टस्हरुमध्ये आधा पार्टस् संयुक्त राष्ट्रबाट आउनपर्ने हुन्छ । अमेरिकाको उक्त नीति नै अहिले क्यानडा र मेक्सीको लागि सबैभन्दा ठुलो खुशीको विषय बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);