एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लियो

yemen

एजेन्सी,१५ माघ । दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लिएको छ ।सरकारी फौजसँगको उग्र झडपका माझ पृथकतावादीहरुले सरकारी भवनहरू कब्जा गरेका हुन् । दक्षिण यमन स्वतन्त्र होस् भन्ने चाहवाने पृथकतादी र साउदी समर्थित सरकारका फौजहरू बीचको लडाइँमा कम्तीमा १० जना मारिएका छन् भने अन्य थुप्रै घाइते भएका छन् । पृथकतावादीहरूले राष्ट्रपति अब्दुरअबु मन्सुर हादीलाई प्रधानमन्त्री डागरको मन्त्रिपरिषद् विघटन गर्न दिएको समयावधि सकिएपछि आइतबार हिंसा भड्किएको हो ।

प्रत्यक्षदर्शीहरूले शहरका थुप्रै भागमा गोलाबारी र विस्फोट भएको बताएका छन् । हुथी विद्रोहीहरूले राजधानी सानामाथि नियन्त्रण कायम गरेपछि हादी सरकारले एडेनलाई आफ्नो अस्थायी राजधानी बनाएको थियो । राष्ट्रपति अब्दुरअबु मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त हुँदा एडेन शहरमा पहिल्यैदेखि रहेको खराब मानवीय अवस्था थप नाजुक बनेको छ । प्रधानमन्त्री अहमद बिन डागरले पृथकतावादीहरूले सत्ता हातमा लिन खोजेको आरोप लगाएका छन । सरकारी सेना र पृथकतावादी समूहबीचको संघर्षका कारण यमनका लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।

सन् १९९० मा दक्षिण र उत्तर यमनलाई मिलाएर अहिलेको यमन बनेकामा दक्षिणी यमनमा पृथकतावादी भावना शान्त हुन सकेको छैन । पृथकतावादीहरुले सरकारमाथि भ्रष्टाचार र भेदभाव गरेको आरोप लगाएपछि मुलुकमा तनावको अवस्था आएको हो । दक्षिणी पृथकतावादीहरूलाई युनाइटेड अरब एमिरेट्स (यूएई)को समर्थन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);