भेनेजुएलाका सरकारी कार्यालयका वेब साइट ह्याकरको निशानामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

साउन २४ , काठमाण्डौँ । भेनेजुएलाका सरकारी कार्यालयका वेब साइट ह्याकरको निशानामा परेका छन् ।

राष्ट्रपति निकोलस मदुरोको विपक्षमा प्रदर्शन गर्दै आएका विपक्षीको साथ पाएका ह्याकरले सरकारी कार्यालयका वेब साइट ह्याक गरेका हुन् । द बाइनरी गार्डियन्स नाम गरेको समूहले सेनाको बेस क्याम्पमा आक्रमण गर्ने बन्दुकधारी समूहको समर्थनमा सरकारी वेब साइट ह्याक गरेको हो । हतियारसहितको समूहले आइतबार भ्यालेन्सियामा रहेको सेनाको बेस क्याम्पमा आक्रमण गरेको थियो । यसैबिच राष्ट्रपति मदुरोका समर्थकले राजधानी काराकसमा प्रदर्शन गरेका छन् ।

उनीहरुले महिनौंदेखि चल्दै आएको विपक्षीको प्रदर्शन रोकिनु पर्ने र देश स्थीरतातर्फ लाग्नु पर्ने माग गरेका छन् । देशको आर्थिक अवस्था खस्किँदै गएपछि सुरु भएको प्रदर्शनका क्रममा अहिलेसम्म एक सयभन्दा बढी मानिसको ज्यान गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);