एफबिआई का उपनिर्देशक एन्ड्रयु मकेबले पदबाट राजीनामा दिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एफबिआई का उपनिर्देशक एन्ड्रयु मकेबले पदबाट राजीनामा दिए

fbi

एजेन्सी, १६ माघ । अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई) का उपनिर्देशक एन्ड्रयु मकेबले पदबाट राजीनामा दिएका छन ।एफबीआईका उपनिर्देशक मकेबले राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा राजीनामा दिइएको बताइएको छ । आउँदो मार्च महिनाको तेस्रो साता कार्यकाल समाप्त हुन लागेका मकेबमाथि राष्ट्रपति ट्रम्पले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका थिए । मकेबकी श्रीमती डाक्टर जील मकेबले भर्जिनिया राज्यमा डेमोक्र्याट पार्टीका तर्फबाट अमेरिकी सिनेटको चुनाव लडेकी थिइन ।

राष्ट्रपति ट्रम्पले गत मे महिनामा एफबिआईका निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेपछि मकेबले केही समय कार्यवाहक निर्देशकको रुपमा काम गरेकी थिइन । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपबारे एफबीआईले छानबिन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);