रुसका विपक्षी नेता एलेक्से नभाल्नी हिरासतमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुसका विपक्षी नेता एलेक्से नभाल्नी हिरासतमुक्त

navalni

एजेन्सी १५ माघ । रुसका विपक्षी नेता एलेक्से नभाल्नी हिरासतमुक्त भएका छन । प्रहरीले कुनै अभियोग नै दर्ता नगरी नभाल्नीलाई रिहा गरेको हो ।नभाल्नीका समर्थकहरुले विरोध चर्काएपछि प्रहरीले उनलाई रिहा गरेको हो ।

आगामी मार्चमा हुने राष्ट्रपतीय चुनावको विरोधमा प्रदर्शन गरेको भन्दै प्रहरीले आइतबार नभाल्नीलाई नियन्त्रणमा लिएको थियो । नभाल्नीले प्रहरीले नियन्त्रणमा लिएलगत्तै सामाजिक संजाल ट्वीटरमा एक सन्देश राख्दै आफ्ना समर्थकहरुलाई देशव्यापी विरोध प्रदर्शनमा भाग लिन आह्वान गरेका थिए ।

नभाल्नीको आव्हानमा रुसका दर्जनौं शहरमा विरोध ¥याली निकालिएको थियो । प्रहरीले ती यालीबाट करिब दुई सय जनालाई नियन्त्रणमा लिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक नभाल्नीलाई मार्च १८ मा हुने राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिनबाट रोक लगाइएको छ । त्यहि कारण ४१ वर्षीय नभाल्नी पक्षधरहरुले चुनावको विरोधमा प्रदर्शन गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);