रुसको मस्कोस्थित सम्मेलनमा सहभागी विपक्षी दलका २ सय बढी नेता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुसको मस्कोस्थित सम्मेलनमा सहभागी विपक्षी दलका २ सय बढी नेता पक्राउ

एजेन्सी, १ चैत। रुसमा विपक्षी दलका नेताहरुले आयोजना गरेको सम्मेलनमा सहभागी २ सय भन्दा बढी नेताहरु पक्राउ परेका छन् ।

रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले धरपकड गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कोरोना महामारीकाबीच भेला गरिएको भन्दै पक्राउ गरिएको जनाएको छ तर विपक्षी नेताहरुले भने यस्तो आरोपको खण्डन गर्दै नियतबस पक्राउ गरिएको बताएका छन् ।

रुसको स्वतन्त्रताका लागि आयोजना गरिएको सम्मेलनमा सहभागी नेताहरुले राष्ट्रपति भ्लाद्मीर पुटिनको कडा आलोचना गर्नुका साथै चुनावी प्रतिस्पर्धामा आउन खुला रुपमा चुनौती समेत दिएका छन् ।

पक्राउ परेकाहरुकामाथि अनुसन्धान थालिएको छ ।

यता विपक्षी दलले भने रुसी राष्ट्रपतिको ज्यादती बन्द गर्न र स्वतन्त्रता हनन् नगर्न चेतावनी दिँदै आएको छ ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको पक्राउ प्रकरणपछि रुसका विपक्षी नेताहरुले मस्को सम्मेलनको आयोजना गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);