कुरान जलाएको विरोधमा प्रहरी र प्रदर्शनकारीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कुरान जलाएको विरोधमा प्रहरी र प्रदर्शनकारीबीच झडप

एजेन्सी,१४ भदाै । स्वीडेनमा आयोजना गरिएको ¥यालीमा कुरान जलाएको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको ¥यालीका क्रममा कुरान जलाइएको थियो । सोही घटनाविरुद्ध स्वीडेनको माल्मो शहरमा आयोजना गरिएको विरोेध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकरीहरुले निजी तथा सरकारी सवारी साधन लगायत कतिपय सरकारी भवनहरुमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप हुँदा कयौं प्रदर्शनकारी घाइते भएका छन् भने सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । राममुस पालुदन स्वीडेनमा जारी देशको प्रवासन नीतिको विरुद्धमा लागेपछि स्वीडेन सरकारले उनलाई एक महिना जेल सजाय समेत दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);