दिल्लीमा भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दिल्लीमा भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु

CAA-protest

एजेन्सी,  १३ फागुन । विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीमा भएको विरोध प्रदर्शनका क्रममा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । दिल्लीको यमुनापार क्षेत्रमा सोमबार भएको विरोध प्रदर्शनका क्रममा झडप हुँदा एक जना प्रहरीसहित चार जनाको मृत्यु भएको हो ।

२५ जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बताइएको छ । प्रदर्शनकारीले ठाउँठाउँमा आगजनीसमेत गरेका छन् ।

बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु लगाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन आह्वान गरेको बीबीसीले जनाएको छ ।

भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ । संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो ।

अब हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायले पाकिस्तान, बंगालादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा ६ वर्षमात्र भारतमा बसेको वा काम गरेको भरमा अंगीकृत नागरिकता पाउन सक्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);