भारतमा जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुग्यो, सयौँ घाईते (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

भारतमा जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुग्यो, सयौँ घाईते (अपडेट)

एजेन्सी, ५ पुस । सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनका क्रममा प्रहरीको धरपकडबाट भारतमा २० जनाको मृत्यु भएको छ भने सयौं जना घाइते भएका छन् ।

प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री मोदीले शनिबार मन्त्रीहरुसंग छलफल गरेको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

भारतको नयाँदिल्ली, उत्तरप्रदेशका मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारस लगायतका ठाउँमा प्रदर्शन चर्किएको छ । सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन कायमै छ ।

प्रहरीको निषेधाज्ञा तोड्दै हजारौ नागरिक सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् । राजधानी दिल्लीमा विद्यालय र कलेज बन्द गरी विद्यार्थीहरुले समेत प्रदर्शन जारी राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);