कृषिसम्बन्धी तीनवटा विधेयक पारित भएसँगै भारतीय किसान आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कृषिसम्बन्धी तीनवटा विधेयक पारित भएसँगै भारतीय किसान आन्दोलनमा

एजेन्सी,५ असाेज । कोरोना भाइरसको महामारीले विश्वकै दोस्रो धेरै प्रभावित मुलुक भारतमा किसान आन्दोलन चर्किएको छ । महामारीको वेवास्ता गर्दै भारतका विभिन्न राज्यमा हजारौँ किसानहरू सरकारविरूद्ध आन्दोलनमा उत्रिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कृषि क्षेत्रसँग जोडिएका तीन विधेयक पारित भएसँगै भारतमा विरोध चर्किएको हो । विपक्षी तथा सत्तामै रहेका कतिपय दलको विरोधका बाबजुद प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनाता पार्टीको सरकारले लोकसभा तथा राज्यसभाबाट विधेयक पारित गरेको हो ।

विधेयक पारित भएलगत्तै पञ्जाब, हरियाणा, उत्तर प्रदेश लगायतका राज्यमा प्रदर्शन चर्किएको छ । विधेयक जारी भएसँगै कृषि मण्डीको व्यवस्था हट्ने तथा देशको खाद्य सुरक्षा तसहनहस हुने विपक्षीहरूले आरोप लगाएका छन् ।

विधेयकमा भएको व्यवस्थाले अब किसानले आफ्ना उत्पादनको न्यूनतम समर्थन मूल्य पनि तोक्न नपाउने भएपछि किसानहरू आन्दोलित भएका हुन् । विपक्षीको विरोधपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत न्यूनतम समर्थन मूल्य र सरकारले खरिद गर्ने हालको व्यवस्था नहट्ने आश्वासन दिए पनि प्रदर्शन रोकिएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);