न्यायाधीश नियुक्तिका लागि ट्रम्पले गरेको प्रयास शक्तिको दुरुपयोग:बाइडेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

न्यायाधीश नियुक्तिका लागि ट्रम्पले गरेको प्रयास शक्तिको दुरुपयोग:बाइडेन

एजेन्सी,५ असाेज । चुनाव पूर्व नै सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रयास शक्तिको दुरुपयोग भएको डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले बताउनुभएको छ ।

लिबरल न्यायाधीश रुथ बाडर गिन्सबर्गको गत शनिबार निधन भएसँगै ट्रम्पले नयाँ न्यायाधीस नियुक्तिका लागि पहल थालेकोपछि बाइडेनले यस्तो प्रतिक्रिया दिनुभएको हो । पूर्व उपराष्ट्रपति समेत रहनुभएका बाइडेनले चुनावको अति नजिक आएकाले जनताले राष्ट्रपति चुन्ने र राष्ट्रपतिले चुनेका न्यायाधीशलाई सिनेटले अनुमोदन गर्ने अधिकार दिनु पर्ने बताउनुभएको छ । तर रिपब्लिकन राष्ट्रपति ट्रम्पले भने जति सक्दो चाँडो नयाँ न्यायाधीश नियुक्त गर्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले आउँदो हप्ता गिन्सबर्गको स्थान लिने प्रस्तावित न्यायाधीशको नाम सार्वजनिक गर्ने बताइसक्नुभएको छ । ८७ वर्षको उमेरमा गिन्सबर्गको निधन भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा लिबरल न्यायाधीशको अवस्था थप कमजोर भएको छ । अमेरिकाको सर्वोच्च अदालतमा ९ न्यायाधीश रहने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);