राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट मनोनित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट मनोनित

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेटलाई मनोनित गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आफू निकट रहेकी ब्यारेटलाई भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश गर्नुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ब्यारेटको नियुक्तिसँगै सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा ट्रम्प समर्थकको बहुमत भएको छ । सर्वोच्चका न्यायाधीश रुथ बाधर गिन्सबर्गको निधन भएको केही दिनमै राष्ट्रपति ट्रम्पले ब्यारेटलाई नियुक्त गर्नुभएको हो । संसदका दुवै सदनले नाम अनुमोदन गरेपछि ब्यारेटले गिन्सबर्गको स्थान लिनुहुनेछ ।

विपक्षीहरुले चुनावी रणनीति अनुसार नै ट्रम्पले आफूअनुकुल न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन् । ट्रम्पले भने ब्यारेटको नियुक्तिसँगै सबैभन्दा योग्य व्यक्तिलाई अदालतको नेतृत्व दिएको दावी गर्नुभएको छ । ब्यारेटले आगामी मंगलरबादेखि नै काम सुरु गर्ने बताइएको छ । अमेरिकी कानुन अनुसार नौ जना न्यायाधीशले आजीवन नियुक्ति पाउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);