काठमाडौं, ६ मंसिर । संघीय न्यायाधीहरुप्रति राष्ट्रप्रति डोनाल्ड ट्रम्पले दिने ब्यङ्ग्यपूर्ण आलोचनाप्रति अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले कडा टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीस जोनले पहिलो पटक राष्ट्रपति ट्रम्पविरुद्ध मुख खोलेका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो शरणार्थी नीतिबारे फैसला गर्ने न्यायाधीशहरुलाई ओबामा न्यायाधीश भनेपछि प्रधानन्यायाधीश रोबर्टस प्रतिवादमा उत्रेका हुन् ।
प्रधानन्यायाधीश जोनले आफुहरुसँग नत ओबामा न ट्रम्प, बुश र क्लिन्टन कुनै पनि खाले न्यायाधीश नभएको बताएका छन् । अमेरिकी न्यायलयमा असाधारण र प्रतिबद्ध न्यायाधीशहरु रहेको भन्दै प्रधानन्यायाधीश रोवर्टसले स्वतन्त्र न्याय सम्पादनका लागि उनहरुप्रति आभारी हुनुपर्ने बताएका छन् ।
ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ओबामा न्यायाधीश भएकैले आप्रवासन, सीमा र सुरक्षाका विषयमा आफ्नो नीतिमा अवरोध आएको बताएका छन् ।




