ट्रम्पले सर्वोच्च न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

ट्रम्पले सर्वोच्च न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने

trump

एजेन्सी , १६ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक सर्वोच्च अदालतमा न्यायाधीश मनोनयन गर्न लागेका हुन् । उनले मनोनयनका लागि दुई महिलासहित पाँच जनाको नाम सर्टलिस्ट गरेको जानकारी दिए ।

यसै हप्ता न्यायाधीश एन्थनी केनेडीको पदावधि सकिने भएकाले नयाँ नियुक्ति गर्न लागिएको हो । मनोनयनपछि सर्वोच्च अदालतमा बहुमत हासिल गर्न राष्ट्रपति ट्रम्पलाई मौका मिल्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी सवोच्च अदालतमा ९ जना न्यायाधीश हुन्छन् । राष्ट्रपतिले गरेको मनोनयनलाई सिनेटले स्वीकृति दिनुपर्ने हुन्छ । सिनेटमा राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन पार्टीको बहुमत छ ।