आप्रवासी समस्या समाधानमा मिलेर काम गर्न मर्केलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आप्रवासी समस्या समाधानमा मिलेर काम गर्न मर्केलको आग्रह

angela merkel

एजेन्सी, १५ असार । जर्मन चान्सलर एन्जेला मर्केलले युरोपेली संघका नेताहरुलाई आप्रवासी समस्या समाधानका लागि मिलेर काम गर्न आग्रह गरेकी छन् । मर्केलले यो आग्रह युरोपियन युनियनको ब्रसेल्समा भइरहेको सम्मेलन अघि गरेकी हुन् ।

जर्मनीमा गृहमन्त्री होस्र्ट जइहोफामले सप्ताहान्त पछि नै प्रवासीहरुलाई सीमाबाट बाहिर फिर्ता पठाउने जानकारी गराएपछि जर्मन चान्सलर एन्जेला मार्केलले युरोपिएन युनियनका नेताहरुलाई आप्रवासी समस्या समाधानमा मिलेर काम गर्न आग्रह गरेकी हुन् । आप्रवासी समस्या युुरोपेली राष्ट्रको साझा समस्या भएको भन्दै यो समस्या समाधान युनियनका लागि निर्णायक कदम सावित हुुने मार्केलको भनाइ छ ।

युरोपमा धेरैजसो आप्रवासीहरु अफ्रिकी देशका हुने गरेका छन् भने उनीहरु भूुमध्यसागर पार गर्न आफनो ज्यान जोखिममा राखेर हिड्ने गर्छन । आप्रवासीहरुमा शरणार्थीहरु पनि सामेल छन । शरणर्थिहरु सिरिया र अन्य द्धन्दग्रस्त क्षेत्रबाट शरण पाउने आशामा भागेर आउने गरेका छन ।

युरोपमा प्रवासीहरुको समस्या त्यति ठूुलो छैन जति सन २०१५ मा थियो । त्यतिबेला हजारौको संख्यामा शरणार्थीहरु ग्रीसको टापुु लेस्बोससम्म आउने गरेका थिए । यसपाली शरणार्थी मुद्धामा तनाव त्यसबेला उत्पन्न भयो जव प्रवासीहरु भरिएको एउटा जहाज इटलीको बन्दरगाहमा जान अनुुमती पाएन ।

इटालीको सरकार यो मामिला ठोस पहलको आवश्यकता महसुुस गरेको बीबिसीले जनाएको छ । यतिबेला प्रवासीहरुको समस्यातर्फ ध्यान दिंदा सबैको ध्यान जर्मन चान्सलर एन्जेला मर्केलतर्फ नै गएको छ । किनभने मार्केलका गृहमन्त्री आप्रवासीका माममिलामा कडा रुपमा प्रस्तुुत भएका छन ।

त्यहीकारण मर्केलमाथि नयाँ प्रवासीलाई आउन नदिन सम्झौता गर्नुुपर्ने दवाव रहेको छ । द्धन्दग्रस्त क्षेत्रका बासिन्दाहरु सुुरक्षित स्थानको खोजी एवं जिउज्यान जोगाउन आफूूलाई सुुरक्षित राख्न सक्ने ठाउँतर्फ पलायन हुुनु उसको बाध्यता हो । बाँच र बाँच्न देउको सिद्धान्तमा मानबीय नाताले उनीहरुले सहयोग प्राप्त गर्दै आएका छन ।

शरणार्थी र प्रवासी समस्या जस्ता बिषयले संयुुक्त राष्ट्रसंघमा पनि प्रबेश पाएतापनि पीडितहरुले न्याय नपाउनु बिडम्बनापूुर्ण नै रहेको अन्तराष्ट्रिय बिश्लेषकहरुको टिप्पणी छ । सन २०१८ को जुन २६ तारिखसम्म स्पेन, इटली र ग्रीसमा ४३ हजार ७ सय ६७ आप्रबासीहरु पानी जहाजबाट आएको आप्रवासीका लागि काम गर्ने अन्तराष्ट्रिय संस्था ‘आइओएम’को तथ्यांङक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);