जर्मन क्लब डायनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना संक्रमण, पूरै टिम आइसोलेसनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

जर्मन क्लब डायनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना संक्रमण, पूरै टिम आइसोलेसनमा

ajency

एजेन्सी, २८ वैशाख । जर्मन क्लब डायनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पूरै टिमलाई आइसोलेसनमा राखिएको छ ।

बुण्डेस लिगा–टु फुटबलको टिम डायनामोले कोरोना भाइरसको परीक्षण गर्दा अभ्यासमा फर्किएका दुई खेलाडीमा कोरोना भेटिएपछि पूरै टिमका खेलाडी, प्रशिक्षक तथा स्टाफहरुलाई दुई हप्ताका लागि आइसोलेसनमा राखेको हो । क्लबले आगामी १४ दिनसम्म आफूहरुले कुनै अभ्यास नगर्ने र कुनै खेल नखेल्ने भनेको छ । जर्मन फुटबल बुन्डेस लिगा र बुन्डेस लिगा–२ यही मे १६ बाट पुनः सुरु हुँदैछ ।

गत बुधबार जर्मन चान्सलर एन्जेला मर्केलले लिग सुरु गर्न अनुमति दिएपछि जर्मन फुटबल लिगले सुचारु गर्ने निर्णय गर्दै खेल तालिका निकालेको थियो तर दोस्रो डिभिजनको क्लबका खेलाडीमा कोरोना भाइरस देखिएपछि फेरि समस्या देखिएको छ । यो लिग सुरु भए कोरोना भाइरसबाट रोकिएका युरोपका लिगहरुमध्ये पुनः सुरु हुने बुन्डेस लिगा सबैभन्दा पहिलो हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);