स्पेनिस ला लिगाका पाँच खेलाडीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

स्पेनिस ला लिगाका पाँच खेलाडीमा कोरोना संक्रमण

laliga

एजेन्सी, २९ वैशाख । स्पेनिस ला लिगा फुटबलको शीर्ष दुई डिभिजनको लिगमा पाँच खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

ला लिगाले आइतबार पछिल्लो परिक्षणमा पाँच खेलाडीमा संक्रमण देखिएको जनाएको हो । यदपी खेलाडीको नाम भने सार्वजनिक गरिएकोे छैन । उनीहरुलाई आइसोलेसनमा राखिएको छ । पछिल्लो समय ला लिगाका खेलाडीको परिक्षणलाई तीब्रता दिएको छ । क्लबले प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीको परिक्षण गरिरहेको छ ।

कोरोनाको महामारीको कारण स्थगित लिग आगामी जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । खेल बन्द रंगाशालामा खेलाईने छ । स्पेनमा कोरोनाको कारण २६ हजार बढीको मृत्यु भईसकेको छ । यस्तै २ लाख बढीमा संक्रमण देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);