अफगानि क्रिकेटर शफिकउल्लाहलाई ६ वर्षको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

अफगानि क्रिकेटर शफिकउल्लाहलाई ६ वर्षको प्रतिबन्ध

Shafiq

एजेन्सी, २९ वैशाख । अफगानिस्तानका विकेकिपर ब्याट्सम्यान शफिक उल्लाह शफिक ६ वर्षको प्रतिबन्धमा परेका छन् । खेल मिलोमतोको आरोप पुष्टि भएपछि अफगानीस्तान क्रिकेट बोर्डले शफिक उल्लाह शफिकलाई ६ बर्षको प्रतिबन्ध लगाएको हो ।

शफिकले २०१८ को अफगानिस्तान प्रिमियर लिग र २०१९ र २० को बंगलादेश प्रिमियर लिगमा खेल मिलोमतो गरेको आरोप लागेको थियो । छानबिनमा त्यसको पुष्टि भएपछि बोर्डले उनलाई ६ बर्षसम्म कुनैपनि क्रिकेट गतिविधीमा सहभागि हुन नपाउनेगरि प्रतिबन्ध लगाएको हो ।

यसका साथै उनलाई भ्रष्टाचार गरेको आरोपमा चार वटा मुद्दा पनि लगाइएको छ । जसमा घरेलु क्रिकेटमा खेलको नतिजामा गरेको मिलोमतो, नतिजा फरक पार्नका लागि घुस लिएको, म्याच फिक्सिङ गर्न टिमका सदस्यलाई समावेश गरेको र फिक्सरबाट आएको प्रस्तावलाई बोर्डमा जानकारी नगराएको भन्ने रहेका छन ।

३० वर्षे शफिक अफगानिस्तानबाट दुईवटा विश्वकप खेलिसकेका छन । उनले सन् २००९ देखि २०१९ सम्म अफगानिस्तानका लागि २४ एकदिवसिय, ४६ टी २० खेलेका छन । उनले आफ्नो गल्तिलाई स्विकार गर्दै माफि पनि मागेका छन । उनले यो गल्तिबाट पाठ सिक्ने र युवा खेलाडीलाई पनि चेतना हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);