पाकिस्तानी क्रिकेटर उमर अकमललाई तीन वर्षको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानी क्रिकेटर उमर अकमललाई तीन वर्षको प्रतिबन्ध

umar akmal

एजेन्सी, १६ वैशाख । विवादास्पद पाकिस्तानी ब्याट्सम्यान उमर अकमललाई सबै प्रकारको क्रिकेटबाट तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी क्रिकेट बोर्डले खेल मिलोमतोको प्रस्ताव लुकाएको आरोपमा उमर अकमललाई सबै प्रकारको क्रिकेटबाट तीन वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

३० वर्षीय पुगेका उमरले आफूमाथि लागेको आरोपलाई चुनौती दिन चाहेनन् । यो प्रतिबन्ध फेब्रेवरी २० बाट सुरु हुने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । प्रतिबन्धको निर्णय बोर्डको अनुशासन कमिटीले गरेको थियो र त्यसका अनुसार अकमलले दुई अवस्थामा आचार संहिता उल्लंघन गरेको पुष्टि भएको थियो निर्णयपछि अकमलले मिडियासँग बोल्न चाहेनन् ।

सन् २००९ मा शतकसँगै टेस्ट क्रिकेटमा प्रवेश गरेका अकमलको खेल जीवन अधिकांस समय अनुशासन उल्लंघनको आरोपमा घेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);