अनुशासन उल्लंघन गरेकामा फुटबल क्लब र क्याप्टेनलाई एक वर्षे प्रतिबन्ध  | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

अनुशासन उल्लंघन गरेकामा फुटबल क्लब र क्याप्टेनलाई एक वर्षे प्रतिबन्ध 

खोटाङ। खोटाङ फुटबल संघले खेल अनुशासन उल्लंघन गरेको भन्दै एक क्लब र एक टिम क्याप्टेनलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । समता फुटबल क्लवले भदौ २५ गतेदेखि एक हप्तासम्म दिक्तेलमा सञ्चालन गरेको फुटबल प्रतियोगीताको सेमिफाइनल खेलमा गालीगलौज र अभद्र व्यवहार गरेकामा युवा जागरण क्लब र माटिकोरे युवा क्लवका क्याप्टेन दिपक खत्रीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  युवा जागरण क्लबका अध्यक्ष राजु आचार्य र माटिकोरे युवा क्लवका क्याप्टेन खत्रीले आयोजक, म्याच कमिस्नर र खोटाङ फुटबल संघका पदाधिकारीले पटक–पटक सचेत गराउँदा पनि अटेर गरी गालीगलौज र अभद्र व्यवहार गरेकाले जिल्लामा हुने सम्पूर्ण फुटबल खेलमा एक वर्ष प्रतिवन्ध लगाइएको हो ।

खोटाङ फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले आइतबार विज्ञाप्ति जारी गर्दै शनिबारको बैठकबाट युवा जागरण क्लव र माटिकोरे युवा क्लबका क्याप्टेनलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);