बौद्ध टुसालमा लि निङको आउटलेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बौद्ध टुसालमा लि निङको आउटलेट

काठमाडौं। लि निङको तेस्रो आउट लेट बौद्धस्थित टुसालमा सन्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला (ज्वाला) ले आइतबार उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, सुनपति गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष असलसिहं तामाङ, रामेछाप जिल्ला तेक्वान्दो संघका अध्यक्ष धनराज तामाङ, सचिव सपूत मोक्तानलगायत खेलकर्मी उपस्थित  थिए । राखेप उपाध्यक्ष  कोइरालाले खेलकुदका पोशाक र खेल सामग्री बिक्री गर्ने संख्या बढ्नुले खेलक्षेत्रप्रति मानिसहरूको चासोका साथै सहभागिता पनि बढेको बताए । साथै, उनले युवाहरू खेल पोशाक र खेल सामाग्रीको व्यवसायमा अग्रसर हुनुले खेलप्रति आम मानिसको लगाव बढ्ने आशा व्यक्त गरे ।

उक्त आउटलेट रामेछापका युवा प्रेमबहादुर मोक्तानको लगानीमा सन्चालनमा आएको हो । उनले देशको इज्जत र मान राख्ने खेलाडीका लागि समर्पित भएर व्यवसाय गर्न पाउँदा छुटै उत्साह र खुसी मिलेको बताए ।

सन्चालक प्रेमबहादुरले यो काठमाडौंको तेस्रो आउटलेट रहेको र यहाँ बाँस्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टनका सामग्री र खेल पोशाक पाइने जानकारी दिए  । लि निङले गत महिना नेपाली बाँस्केटबल टोलीलाई प्रायोजन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);