इंग्ल्यान्डमा सम्पूर्ण खेलकुद गतिविधि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्ल्यान्डमा सम्पूर्ण खेलकुद गतिविधि बन्द

england

एजेन्सी, ३० वैशाख । कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डमा आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द भएको छ ।

इंग्ल्यान्ड सरकारले सोमबार जुन १ सम्मका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । सरकारले सार्वजनिक गरेको ५० पेजको दस्तावेजमा खेलकुद गतिविधि जुन १ सम्म नगर्न भनिएको छ । सरकारको पछिल्लो निर्णयसँगै प्रिमियर लिग जुन १ पछि सुचारु हुने सम्भावना बढेको छ । लिग सुचारुका लागि सोमबार क्लबहरुले छलफल गरेको छ । कोरोनाको कारण लिग गत मार्चबाट स्थगित गरिएको छ । इंग्ल्यान्डमा क्रिकेट भने जुलाई १ सम्मका लागि स्थगित गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);