खेलकुद गतिविधि सञ्चालन गर्न दिने सरकारको अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

खेलकुद गतिविधि सञ्चालन गर्न दिने सरकारको अनुमति

काठमाडौं, २५ कार्तिक । कोरोना भाइरसका कारण बन्द रहेको खेलकुद गतिविधि सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको बताइएको छ ।

स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद सुरू गर्न दिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको युवातथा खेलकुद मन्त्रालयले जनाएको छ । कोरोना भाईरसको संक्रमणको कारण सरकारले गत चैतबाट खेलकुद गतिविधिमा रोक लगाएको थियो ।

सरकारले चैतबाट गरेको लकडाउन गत साउनमा खुला गरेपनि खेलकुद गतिविधिलाई पूर्ण रुपमा खुला गरेको थिएन । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षणको लागि भने अनुमति दिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद राखेपले भदौ १ गते खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको थियो । त्यसयता राखेपले फुटबल टिमलाई प्रशिक्षणको अनुमति दिएको थियो ।

फुटबल टिम मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । यस्तै राखेपले मंसिर १० गतेबाट क्रिकेट टिमलाई प्रशिक्षणको अनुमति दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);