टोटनह्याम र आर्सनलको खेलमा दर्शकलाई रंगशाला प्रवेश गराइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टोटनह्याम र आर्सनलको खेलमा दर्शकलाई रंगशाला प्रवेश गराइने

एजेन्सी, १३ मंसिर । इंग्लिस क्लब टोटनह्यामले प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलविरुद्धको खेलमा दर्शकलाई रंगशाला प्रवेश गराउने भएको छ । प्रिमियर लिगमा टोटनह्यामले डिसेम्बर ६ मा आर्सनलसँग घरेलु मैदान खेल्ने खेलमा दर्शक प्रवेश गराउन लागिएको हो ।

टोटह्यामले आर्सनलविरुद्ध २ हजार दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो । इंग्ल्यान्ड सरकारले लकडाउनको अन्त्यपछि १० वटा प्रिमियर लिग क्लबलाई दर्शक प्रदेशका लागि अनुमति दिएको थियो ।

लण्डन क्षेत्रमा रहेका क्लबहरुलाई इंग्ल्यान्डले २ हजार समर्थकलाई मैदान प्रवेशको लागि अनुमति दिएको हो । इंग्ल्यान्डमा डिसेम्बर २ बाट लकडाउनको अन्त्य हुँदैछ । त्यसपछिका खेलमा सिमित दर्शकले रंगशाला प्रवेशको अनुमति पाउने छन् ।

कोरोना भाईरसको महामारीपछि स्थगित लिग पुनः सुरु भएपछि बन्द रंगशालामा संचालन भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);