अक्टोबरदेखि दर्शकका लागि रंगशालामा प्रवेश खुला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अक्टोबरदेखि दर्शकका लागि रंगशालामा प्रवेश खुला

काठमाडौं, २ साउन । बेलायतमा आगामी अक्टोबरबाट दर्शकका लागि रंगशालामा खेल हेर्न प्रवेश दिइने भएको छ । बेलायतका प्रधानमन्त्री बोरीस जोनसनले आगामी अक्टोबरबाट दर्शकका लागि रंगशाला खुल्ला गरिने घोषण गर्नु भएसँगै दर्शकले रगंशालामा प्रवेश पाउने भएका हुन् ।

प्रधानमन्त्री जोनसोनले अक्टोबरदेखि दर्शकलाई मैदानमा पुगेर खेल हेर्न पाउने वातावरण बनाएको समेत उल्लेश गर्नुभएको छ । हाल दर्शकका लागि बन्द रहेका रंशालामा अक्टोबरपछि भने सरकारले बनाएको मापदण्डको पालना गर्दै दर्शकले मैदानमा प्रवेश पाउने छन् ।

बेलायतमा कोरोनाको महामारी केही कम भएपछि सरकारले नै दर्शकलाई मैदान प्रवेश गराउने योजना बनाएको हो । कोरोनाको कारण बेलायतमा इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा भइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);