च्याम्पियन्स लिग र युरोपा लिग स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

च्याम्पियन्स लिग र युरोपा लिग स्थगित

CL-EL

एजेन्सी, २० चैत ।  युरोपेली फुटबल महासंघ यूईएफएले युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग अर्को सूचना नआएसम्मका लागि रोकिएको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणको महामारीका कारण यूईएफएले युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग अर्को सूचना नआएसम्मका लागि रोकिएको घोषणा गरेको हो ।

युरोपेली फुटबलको सर्वोच्च संस्थाले राष्ट्रिय टिमका सबै खेल पनि रद्द गरेको छ । त्यसमा युरो २०२० का छनोट पनि छन् । युरो २०२० समेत एक वर्ष पछाडि सार्ने निर्णय भइसकेको छ ।

यसअघि यूईएफएले पुरुष र महिलाको च्याम्पियन्स लिग तथा युरोपा लिगका फाइनल पछाडि सारिएको थियो ।

इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेस लिगा, स्पेनिस ला लिगा, फ्रेन्च लिग वान र इटालियन सिरी ‘ए’ का खेलहरु ४ अप्रिलसम्मका लागि स्थगित भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);