पहिलो श्रेणीको फिओेरेन्टिनाका छ जना खेलाडी र कर्मचारीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पहिलो श्रेणीको फिओेरेन्टिनाका छ जना खेलाडी र कर्मचारीमा कोरोना संक्रमण

ITALY ACF

एजेन्सी, २६ वैशाख ।  ईटालीको पहिलो श्रेणीको फुटबल क्लब फिओेरेन्टिनाका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ईटालियन सरकारले पहिलो श्रेणीको लिग सिरि ए का लागि अभ्यास गर्न अनुमती दिएसंगै फिओेरेन्टिनाका ६ जना खेलाडी तथा कर्मचारीमा कोरोनाको संक्रमण देखिएको हो । सरकारले सिरि ए क्लबलाई व्यक्तिगत रुपमा अभ्यास गर्न अनुमती दिएको थियो । संक्रमित खेलाडी तथा कर्मचारीलाई अलग गरेर उपचार प्रक्रिया सुरु गरिएको छ । बाँकी खेलाडीको मेडिकल र फिटनेस परिक्षण गर्ने तयारी गरिएको छ । क्लबले संक्रमित खेलाडी र कर्मचारीको नाम सार्वजनीक गरेको छैन ।

कोरोनाबाट संक्रमितलाई अलग राखेर उपचार प्रक्रिया अघि बढाईएको फिओेरेन्टिनाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । यसैगरी टोरिनोका एकजना खेलाडीलाई समेत कोरोनाको लक्षण देखिएपछि एकान्तवासमा राखिएको छ । ईटालीले ८ हप्ता लकडाउन गरेपछि विस्तारै प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ । सिरि एका क्लबहरु अभ्यासमा फर्किएका छन् । तर लिग सुरु हुने बिषयमा कुनै निर्णय भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);