काराबाओ कप स्थगित गर्न लिभरपुलकाे अनुरोध | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

काराबाओ कप स्थगित गर्न लिभरपुलकाे अनुरोध

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले काराबाओ कपअन्तर्गत आर्सनलविरुद्धको पहिलो लेगको सेमिफाइनल तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ ।

आफ्ना धेरै खेलाडी, अफिसियल तथा कर्मचारीमा कोभिड-१९ संक्रमण भएपछि लिभरपुलले इंग्लिस फुटबल लिग (इएफएल) लाई आग्रह गरेको हो । आर्सनल र लिभरपुलको खेल बिहीबार राति आर्सनल होम मैदान इमिरेट्स स्टेडियममा हुँदैछ । 

लिभरपुलले मंगलबारबाटै पहिलो टोलीको प्रशिक्षण रोकिसकेको छ । गत साता चेल्सीविरुद्ध भएको खेलमा लिभरपुलका प्रशिक्षक योगर्न क्लोपलाई दोस्रोपटक कोरोना पजिटिभ देखिएपछि उनी बाहिर रहे । साे खेलमा २-० काे अग्रता बनाएकाे लिभरपुल २-२ अन्तरकाे बराबरीमा राेकिएकाे थियाे ।

यसअघि गोलरक्षक एलिसन, जोइल माटिप र रोबाेर्टाे फर्मिनोलाई समेत कोरोना पजिटिभ देखिएको थियो । 

यस्तै, रेडको स्क्वाटबाट मोहम्मद सलाह, साडियो माने र नाडी केईटा अफ्रिका खेल्न टिमबाट बाहिरिसकेका छन् । ‘हाम्रा खेलाडी र कर्मचारीमा कोभिड-१९ संक्रमणको आशंका भएकाले पिसीआर परीक्षण गरिएको छ । त्यसको नतिजा आइसकेको छैन । हामी यो खेलको मिति परिवर्तन गरियोस् भन्ने चाहन्छौ,’ लिभरपुलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);