आर्सनलद्वारा लिग च्याम्पियन लिभरपुल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आर्सनलद्वारा लिग च्याम्पियन लिभरपुल पराजित

arsenal vs liverpool

एजेन्सी, १ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले यस सिजनको च्याम्पियन लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

२० औं मिनेटमा अग्रता लिएको लिभरपुलले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन । लिभरपुलका लागि साडियो मानेले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा आर्सनलका एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

४४ औं मिनेटमा रइस नेल्सनले गोल गरेपछि आर्सनल पहिलो हाफमै २–१ ले अघि बढ्यो । दोस्रो हाफमा लिभरपुलले आक्रमणलाई गति दिएपनि आर्सनलले राम्रो डिफेन्सको नमुना प्रर्दशन गरेको थियो ।

शीर्ष स्थानको लिभरपुलको ९३ अंक छ । लिभरपुलले म्यान्चेष्ट सिटीले कायम राखेको सय अंकको कीर्तिमान पुरा गर्ने लक्ष्य राखेको थियो । आर्सनल ५३ अंक सहित नवौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);