इंग्लिस प्रिमियर लिगः आर्सनल विरुद्ध लिभरपुलको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, १२ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ ।

 

लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले उत्कृष्ट खेल खेल्दै आर्सनललाई स्तब्ध पारेको हो । निकै कमजोर देखिएको आर्सनल लिभरपुलसँग ४–० ले पराजित भयो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, साडिओ माने, मोहम्मद सालह र ड्यानिएल स्टुरेजले गोल गरे । फिरमिनोले १७ तथा मानेले ४० औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–० को अग्रता लियो । दोस्रो हाफमा पनि आर्सनलले थप दुई गोल खायो । आर्सनलले खेलमा फर्किने केही प्रयास गरेको थियो । तर केही राम्रा मौका गुमाउदाँ आर्सनल हार्न बाध्य भयो । लिगका तीन खेलमा आर्सनलले दुई खेल गुमाएको छ ।

तीन खेलमा दोस्रो जित दर्ता गरेको लिभरपुलको सात अंक भएको छ भने आर्सनलको तीन अंक छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);