विश्वकै दोस्रो महँगो खेलाडी बन्दै नेइमारको ठाउँमा आए डेम्बेले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौँ, १३ भदौ । बार्सिलोनाले नेइमार बाहिरिएपछि बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई क्लबमा भित्राएको छ। बार्सिलोनाबाट नेइमार विश्व कीर्तिमानी मूल्य बनाउँदै २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा ल्याएको हो।

 

यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्नेछ । यतिबेलासम्म उनी विश्वका दोस्रो महंगा खेलाडी बनेका छन् । २० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको हो । डेम्बेलेको मेडिकलपछि सोमबार सम्झौतामा हस्ताक्षर भएको हो । बार्सिलोनाले डेम्बेलका लागि रिलिज क्लज ३६ करोड ९६ लाख पाउण्ड राखेको छ ।

 

नेइमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्र्याउन निकै प्रयास गरेको थियो । तर तीनपटकको प्रयासमा पनि बार्सिलोना सफल हुन सकेन । बार्सिलोनाबाट खेल्दा अब डेम्बेलेले ११ नम्बरको जर्सी लगाउने छन् । जुन ११ नम्बरको जर्सी बार्सिलोनामा हुँदा नेइमारले लगाउने गरेका थिए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);