बार्सिलोनाले डेम्बेलेपछि नौ वर्षीय खेलाडी शेनलाई भित्रायो | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

काठमाडौँ, १४ भदौ । क्लबबाट नेइमार पेरिस सेन्ट जर्मेनमा गएपछि केही दबाबमा देखिएको बार्सिलोनाले अहिले नौ वर्षीय शेनलाई भित्र्याएको छ । क्लबका पूर्व खेलाडी प्याट्रिक क्लुभर्टका नौ वर्षका छोरा शेनलाई बार्सिलोनाले जुनियर टिममा अनुबन्ध गरेको स्पेनी सञ्चार माध्यमले जनाएका छन् ।

 

क्लबले स्टार खेलाडी नेइमार पेरिस सेन्ट जर्मेनमा गएपछि उनको ठाउँमा भने जर्मन क्लब बोरुसिया डर्टमन्डका फवार्ड उसमान डेम्बेलेलाई भित्र्याई सकेको छ । त्यस्तैगरी पिएसजीका एन्जेल डि मारिया र लिभरपुलका फिलिप कोटिन्होलाई पनि क्लबमा भित्र्याउन बार्सिलोना अझै प्रयास गरिरहेको छ।

 

नौ वर्षको उमेरमा नाइकी जस्तो कम्पनीसँग अनुबन्ध गरिसकेका शेन अब बार्सिलोनाको ११ वर्ष मुनिका खेलाडीसँग खेल्नेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);