बार्सिलोनाले नेइमारको ठाउँमा उसमानलाई ९ करोडभन्दा बढी पाउण्ड तिरेर भित्र्याउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, १० भदौ । बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गर्ने भएको छ ।

 

नेइमार विश्व कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि उनको ठाउँमा नयाँ खेलाडीको खोजीमा रहेको बार्सिलोनाले डेम्बेलेलाई ल्याउन लागेको हो । बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा ल्याउन लागेको हो । यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्न सक्ने बीबीसीले जनाएको छ । उनी विश्वका दोस्रो महंगा खेलाडी बन्ने भएका छन् । बार्सिलोनाले डेम्बेलेका लागि सुरुमा ९ करोड ६८ लाख तिर्नेछ । २० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गर्न लागेको हो । डेम्बेलेको मेडिकल सोमबार हुने र त्यही दिन सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।

 

डेम्बेलेले ११ नम्बरको जर्सी लगाउने बार्सिलोनाले जनाएको छ । बार्सिलोनामा ११ नम्बरको जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);