लिभरपुलका मिडफिल्डर फिलिप कोटिन्हो बार्सिलोनामा अनुबन्धित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

लिभरपुलका मिडफिल्डर फिलिप कोटिन्हो बार्सिलोनामा अनुबन्धित

एजेन्सी, २३ पुष । लिभरपुलका मिडफिल्डर फिलिप कोउटिन्हो बार्सिलोनाबाट खेल्ने भएका छन् ।

कोउटिन्होलाई बार्सिलोनाले अहिलेसम्मकै सबैभन्दा धेरै रकममा साढे पाँच वर्षका लागि अनुबन्ध गर्ने भएको छ । बार्सिलोनाले कोउटिन्होलाई नेइमारको ठाउँमा अनुबन्ध गर्न लागेको हो । बीबीसीका अनुसार १४ करोड २० लाख पाउण्डमा कोउटिन्होको ट्रान्सफर हुने तय भएको छ । ब्राजिलका २५ बर्षिय कोउटिन्हो सन २०१३ को जनवरीमा ८५ लाख पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए ।

कोटिन्हो खरिद विक्रीका क्रममा इङ्लिस क्लब लिभरपुल र बार्सिलोनाबीच शनिबार अपरान्ह सम्झौता भएको हो । नेमार १८९ मिलियन पाउन्डमा फ्रान्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई भित्र्याउन सफल भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);