बाकर्ली चेल्सीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बाकर्ली चेल्सीमा

काठमाडौं, २३ पुष । इङलिस प्रिमियर लिग क्लब एभर्टनका मिडफिल्डर रोस बाकर्ली शुक्रबार चेल्सीमा आबद्ध भएका छन् । २४ वर्षे बाकर्लीले १ करोड ७० लाख युरोमा चेल्सीसँग साढे पाँच वर्षको सम्झौता गरेको बताइएको छ ।

‘चेल्सी युरोपकै एक उत्कृष्ट क्लब हो र त्यस टोलीको सदस्य बन्न पाउदा म धेरै उत्साही छु,’ बाकर्लीले भने, ‘म स्वाभाविक लयको प्रदर्शन गर्दै क्लबलाई सफलता दिलाउन चाहन्छु ।’
बाकर्ली गत अगस्टपछि ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाहिर बस्दै आएका छन् ।

‘रोस उत्कृष्ट खेलाडी हुन् र उनले क्लबमा आफूलाई थप प्रमाणित गर्नेमा हामी विश्वस्त छौं,’ चेल्सीका निर्देशक मारिना ग्रानोभास्कियाले भनिन् । सन् २००८ मा एभर्टनमा आबद्ध भएका बाकर्लीले १ सय ५० खेलमा २१ गोल गरेका थिए ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);