बिमल घर्तीमगर भारतको चर्चित क्लब मोहन बगानमा आबद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिमल घर्तीमगर भारतको चर्चित क्लब मोहन बगानमा आबद्ध

काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य स्ट्राइकर विमल घर्तीमगर भारतको चर्चित फुटबल क्लब मोहन बगानमा आबद्ध भएका छन् ।

बिमल भारतीय आई–लिग क्लब मोहन बगानमा तीन महिनाका लागि अनुबन्ध भएका हुन् । अनुबन्धसँगै बिमल आज भारत जाँदैछन् र भोलिदेखिनै अभ्यास खेलमा सहभागी हुनुपर्ने भएकाले आज भारत जान लागेको उनले बताए । मोहन बगानले स्ट्राइकर सोनी नोर्डीको स्थानमा विमललाई अनुबन्ध गरेको हो ।

तीन महिना लिग खेलेवापत बिमलले मोहन बगानबाट राम्रो पारिश्रमिक पाउनेछन् । तर बिमलले पारिश्रमिकको रकम भने खुलाउन चाहेनन् । मोहन बगान जारी आई लिगको अंक तालिकामा चौंथो स्थानमा छ । मोहन बगानले २० वर्षको अन्तरालपछि नेपाली खेलाडीलाई अनुबन्ध गरेको हो । पछिल्लो पटक सन् १९९८ मा स्ट्राइकर हरि खड्काले मोहन बगानबाट खेलेका थिए ।

विमलले युरोपका केहि क्लबहरुसँग ट्रायल पनि दिएका थिए । उनले डच क्लब ट्वेन्टेसँग २ हप्ता प्रशिक्षण गरेका थिए भने बेल्जियम क्लब एन्डरलेक्टसँग लामो समय आबद्ध भई राम्रो अनुभव बटुलेका थिए । विमलले १४ वर्षको उमेरमै नेपालको लागि राष्ट्रिय टोलीबाट खेलेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);