ए डिभिजन लिगका लागि क्लबहरुले खेलाडी अनुबन्ध सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ए डिभिजन लिगका लागि क्लबहरुले खेलाडी अनुबन्ध सुरु

काठमाडाैं । असोज ३ गतेदेखि सुरु हुने तालिका रहेको शहीद स्मारक ए डिभिजन लिगका लागि क्लबहरुले खेलाडी अनुबन्ध सुरु गरेका छन् । डेढ वर्षदेखि लिग नहुँदा विभागीय बाहेक खेलाडी रिलिज गरिसकेका सबै क्लबहरुले नयाँ अनुबन्धसहित टोली तयार गर्न सुरु गरेका हुन् ।

क्लबहरुले राष्ट्रिय टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति अनुमानित ८० हजारदेखि डेढ लाख रुपैयाँसम्म खर्च गरिरहेका छन् । विदेशी खेलाडीहरुका लागि भने करिव तीन लाखसम्म खर्च गरिएको बुझिएको छ । राष्ट्रिय टोलीबाट हालै मात्र बाहिरिएका कमल श्रेष्ठका लागि च्यासलले १ लाख २५ हजार रुपैयाँ खर्चिएको छ ।

धेरैजसो क्लबहरुले खेलाडीको पारिश्रमिक खुलाएका छैनन् । लिग अवधिभरिका लागि सम्झौता गरेका कमलले अघिल्लो लिग मनाङ मस्र्याङ्दीबाट खेलेका थिए । उनले मनाङबाट मासिक ९० हजार पाएका थिए । पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका गोलरक्षक विशाल सुनार ब्रिगेड व्वाइज छाडेर ए डिभिजन लिगको सर्बाधिक सफल क्लब मनाङमा अनुबन्धित भएका छन् ।

त्यस्तै मनाङका गोलरक्षक दीप कार्कीले पनि क्लब छाडेका छन् । अघिल्लो सिजनको लिगका उत्कृष्ट गोलरक्षक कार्की हिमालयन शेर्पामा आबद्ध भएका छन् । राष्ट्रिय टोलीका नियमित डिफेण्डर दिनेश राजवंशी च्यासल युथ क्लब छाडेर मनाङ इराकविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेल्नेछन् । अघिल्लो सिजन जावलाखेलबाट खेलेका गौतम एएफसी कप छनोटदेखि नै आर्मीबाट खेलिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);