विकासपछि च्यासलमा अर्का दुई विदेशी खेलाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विकासपछि च्यासलमा अर्का दुई विदेशी खेलाडी

काठमाडौं । आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि च्यासस युथ क्लबले आफ्नो विदेशी खेलाडी संख्या तीन पुर्‍याएकाे छ । सोमबार पत्रकार सम्मेलन गर्दै च्यासलले दुई क्यामरुनी खेलाडी अनुबन्ध गरेसँगै च्यासलले २९ कात्तिकदेखि सुरु हुने तय भएको ए डिभिजन लिगको लागि विदेशी खेलाडी संख्या तीन पुर्‍याएकाे हो ।

च्यासलले साेमबार क्यामरुनका कित्वा यान्निक र मौसा अबागानालाई यस सिजनका लागि क्लबमा भित्र्याएको हो । यान्निक २२ वर्षका हुन् भने मौसा २५ वर्षका छन् ।  यी दुवै खेलाडीले जेठमा आयोजना भएको पहिलो नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थण्डर्सको प्रतिनिधित्व गरेका  थिए । त्यसअघि अफ्रिकन रुट्स एसोसिएसनबाट मोफसल प्रतियोगिता खेल्न यो टोली नेपाल आएको थियो । 

गत हप्ता च्यासलले विदेशी खेलाडीको रूपमा इटालीको यू–१६ टोलीबाट खेलेका विकास मेराग्लियालाई टोलीमा समावेश गरेको थियो ।  आगामी ए डिभिजन लिगमा  दुई करोडको खर्च गर्ने तयारीमा रहेको च्यासलले अनुबन्ध गरेको ठुलो नाम विकास हो ।  

यस्तै, च्यासलले राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई क्लबमा भित्र्याएको छ । त्यस्तै राष्ट्रिय टोलीका अर्का सदस्य कमल श्रेष्ठलाई समेत क्लबले अनुबन्ध गरेको छ ।  गत सिजन च्यासलबाट लिग खेलेका अमिर श्रेष्ठ, नितिन थापा, हेमन्त थापामगर, दिनेश राजवंशी, सुनिल बललगायतका खेलाडीले क्लब छाडिसकेका छन् । 

यता, च्यासलले तीन विदेशी खेलाडी भित्र्याएसँगै अब दक्षिण एसियाली कोटा मात्र बाँकी छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिगमा चार विदेशी खेलाडी भित्र्याउँदा एक दक्षिण एसियाली मुलुकको खेलाडी अनिवार्य गरेको छ । ए डिभिजन लिगमा सुरुवाती एघारमा दक्षिण एसियाली मुलुकका एक खेलाडीसहित चार खेलाडी प्लेईङ सेटमा खेलाउन पाइनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);