एनआरटीद्वारा दुई विदेशी खेलाडी अनुबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनआरटीद्वारा दुई विदेशी खेलाडी अनुबन्ध

काठमाडौं । काठमाडौंको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि आज दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

एनआरटीले राजधानीमा एक कार्यक्रम गरी असोज ३ गतेबाट हुने फरक ढाँचाको लिगका लागि अनुबन्ध गरेको हो । क्लबले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको हो । क्लबले दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको हो । सम्झौता भएसँगै खेलाडीद्वयले एनआरटीको जर्सीमा ए डिभिजन लिग खेल्नेछन् । दुबैले टोलीलाई उपाधि दिलाउनका लागि प्रयास गर्ने बताए ।

नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुआतमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन लिग खेल्ने प्रावधान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ । यसै कारण फरक ढाँचाबाट सञ्चालन हुन लागेको लिगका लागि एनआरटीले पुराना खेलाडीलाई समेटेर प्रशिक्षण दिइरहेको छ ।

अघिल्लो संस्करणमा पनि प्रशिक्षण दिएका राजु काजी शाक्यलाई क्लबले प्रशिक्षकको रुपमा निरन्तरता दिएको छ । प्रशिक्षक राजुकाजी शाक्यले नयाँ विदेशी खेलाडीको अनुबन्धले टोलीमा हौसला मिलेको प्रतिक्रिया दिए । शाक्यले एनआरटीले उपाधि उचाल्ने लक्ष्यका साथ आउँदो प्रतिस्पर्धा गर्ने बताए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने प्रावधान अन्तर्गत दुई खेलाडीलाई गरेको हो । आगामी दिनमा थप खेलाडि अनुबन्ध गरिने क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए । नयाँ संस्करणका लिगका लागि क्लबले पुराना खेलाडीलाई निरन्तरता दिने बताएको छ । एनआरटीले बि.स २०१७, २०१९, २०३५ र २०५२ सालमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

चार पटकको च्याम्पियन एनआरटीले मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । उनीहरुकै प्रदर्शबाट काठमाडौं रेजर्सले उपाधि उचालेको थियो । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । क्लबमा अहिले १२ पुरानै खेलाडी रहेको पनि क्लबले जनाएको छ ।

एनआरटीले लिगका लागि करिब १ करोड ६० लाख बजेट छट्याएको जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा तीन विभागीय टोली सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजन हुने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);