प्रिमियर लिग क्लबहरु मंगलबारदेखि प्रशिक्षणमा फर्कदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रिमियर लिग क्लबहरु मंगलबारदेखि प्रशिक्षणमा फर्कदै

premier league

एजेन्सी, ६ जेठ । इंग्लीस प्रिमियर लिग फुटबल क्लबहरुले मंगलबारदेखि सानो समूहमा प्रशिक्षण शुरु गर्ने भएका छन् । प्रिमियर लिग क्लबहरुले ट्रेनिङ प्रोटोकल सहित प्रशिक्षणमा फर्कने विषयमा सोमबार सहमति जनाएपछि मंगलबारबाट प्रशिक्षण शुरु गर्ने भएका हुन् ।

प्रोजेक्ट रिस्टार्ट अन्तर्गतको मिटिङमा क्लबले सर्वसम्मत रुपमा भोट गरेका हुन् । खेलाडीले प्रशिक्षणमा सामाजिक दुरी कायम गर्नुपर्नेछ र कन्ट्याक ट्रेनिङ गर्न पाउने छैनन् । खेलाडी, म्यानेजरसंगै क्लबका विशेषज्ञ र सरकारबीचको छलफलपछि पहिलो चरणको प्रशिक्षणका लागि सहमति भएको हो ।

सम्भव भएसम्म सुरक्षित वातावरणमा मेडिकल प्रोटोकल पच्छ्याएर प्रशिक्षण सुरु गर्ने प्रिमियर लिगले जनाएको छ । सरकारले प्रशिक्षणका समयमा कसने पनि बेला छड्के हान्न सक्ने, प्रशिक्षणका भिडीयो फुटेज निरिक्षण गर्न सक्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);