म्यान्चेष्टर युनाईटेडद्वारा आफ्ना विदेशी खेलाडीलाई इंग्ल्याण्ड फर्कन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म्यान्चेष्टर युनाईटेडद्वारा आफ्ना विदेशी खेलाडीलाई इंग्ल्याण्ड फर्कन आग्रह

Manchester_United_FC

एजेन्सी, २४ वैशाख । इंग्लीश प्रिमियर लिग फुटबल क्लब म्यान्चेष्टर युनाईटेडले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्याण्ड फर्कन आग्रह गरेको छ ।

क्लबले निकट भविष्यमै नियमित अभ्यास थाल्ने भएकोले घरमै सेल्फ आइसोलेसनमा रहेका खेलाडीलाई इंग्ल्याण्ड फर्कन आग्रह गरेको हो । बेलायत सरकारले सामाजिक दुरी कायम राख्न निर्देशन दिएपछि गत मार्चमा युनाईटेडले अअन्य क्लबहरुले जस्तै आफ्ना सबै गतिविधि बन्द गर्दै खेलाडीहरुलाई इंग्ल्याण्ड छाड्न अनुमति दिएको थियो । इंग्लीश प्रिमियर लिग फुटबल सुरुहुने संकेत देखिएपछि म्यान्चेस्टर युनाइटेडले खेलाडीलाई फर्कन आग्रह गरेको हो ।

युनाईटेडले अभ्यास सुरु गर्ने मिति टुङ्गो नलगाएपनि खेलाडीहरुलाई एक हप्ताभित्र इंग्ल्याण्ड फर्कन भनेको छ । सरकारको सुझाव अनुसार अभ्यास मिति तय गरिने बताइएको छ । प्रिमियर लिग कहिलेबाट सुचारु हुन्छ भन्ने टुंगो नलागेपनि केही क्लबहरुले प्रशिक्षण थालिसकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);