क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड फर्किए | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड फर्किए

एजेन्सी । म्यानचेस्टर युनाईटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ ।

युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमती बनेको बताएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ ।

’क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन् ।’ युनाईटेडले आधिकारिक रुपमा लेखेको छ । युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्ने बताईएको छ । बिहिबार मात्रै मेडिकल गरेपछि उनी युभेन्ट्स छाड्ने पक्का भएको थियो ।

युनाईटेडको शहरी प्रतिद्धन्दी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न चाहेको थियो । तर युनाईटेडलेनै इच्छा देखाएपछि सिटी पछि हटेको हो । युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नान्डेजले रोनाल्डोको भविष्यको विषयमा कुराकानी गरिरहेको बताएका थिए ।

युनाईटेडलेनै रोनाल्डोलाई पोर्चुगलको स्पोर्टिङ लिस्वोनबाट ईङ्ल्याण्ड ल्याएको थियो । रोनाल्डोले युनाईटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए ।

उनले युनाईटेडलाई फिफा क्लब विश्वकपदेखि कम्युनिटी सिल्ड समेत जिताए । सर एलेक्स फर्गुसनको नेतृत्वमा रोनाल्डोले युनाईटेडमा अद्भुत प्रर्दशन गरेका थिए । रोनाल्डोले पूर्व क्लब फर्कने कुनै सम्भावना नरहेको बताएका थिए । तर युनाईटेडले अन्तिममा रोनाल्डोलाई क्लब फर्काउन सफल भएको छ ।

पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् । उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र ईटालीबाट जितेका छन् ।

उनले देशका लागि युरो कप समेत उचालेका छन् । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी तत्कालिन समयमा कीर्तिमानी मुल्यमा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);