म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा

एजेन्सी ।  इंग्लिश क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३–२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाईटेड फाइनल पुगेको हो ।

इटालियन क्लब रोमाको मैदानमा पराजित भएपनि युनाईटेडले पहिलो लेगमा निकालेको ६–२ को जितको कारण फाइनल यात्रा तय गरेको हो । दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे ।

युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काएपनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए । अब युनाईटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।

भिल्ला रियलले आर्सनललाई समग्रमा २–१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);