एटलान्टाका विंगर डियालो म्यानचेस्टर युनाईटेडमा अनुबन्धित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

एटलान्टाका विंगर डियालो म्यानचेस्टर युनाईटेडमा अनुबन्धित

एजेन्सी, २४ पुष । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ । युनाईटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो ।

आइभरी कोस्टका विंगरसँग युनाईटेडले साढे चार वर्षको सम्झौता गरेको छ । सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाईटेडमा रहने छन् । यस्तै डियालोलाई युनाईटेडले थप एक वर्ष सम्झौता थपको विकल्प समेत दिएको छ ।

डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका छन् । उनले एक गोल समेत गरेका छन् । गत वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);