राष्ट्रिय महिला फुटबल लिग माघ पहिलो सातदेखि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय महिला फुटबल लिग माघ पहिलो सातदेखि

काठमाडौं, २४ पुष । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ । आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ । लिगमा सात टोलीको सहभागिता रहनेछ ।

अखिल नेपाल फुटबल एन्फाका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको हो ।

लिगमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

महिला लिगको विजेताले १५ लाख पुरस्कार प्राप्त गर्नेछ । लिग काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);