प्रि– सिजन प्रशिक्षणका लागि नेइमार फर्किए पेरिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रि– सिजन प्रशिक्षणका लागि नेइमार फर्किए पेरिस

neymar

काठमाडौं, ३१ असार । ब्राजिलियन फुटबल स्टार नेइमार प्रि–सिजन प्रशिक्षणका लागि पेरिस फर्किएका छन् ।

फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार प्रि–सिजन प्रशिक्षणका लागि ढिलो गरी क्लबको प्रशिक्षण क्याम्पमा सामेल भएका हुन् । उनी गएको हप्ता नै प्रशिक्षणमा सहभागी हुनु पर्ने थियो । उनी समयमा नआएकाले आवश्यक कदम चाल्ने बताइएको थियो । नेइमार तोकिएको भन्दा एक हप्ता ढिलो गरी प्रशिक्षणमा सहभागी भएका हुन् ।

सोमबारदेखि नियमित प्रशिक्षणमा सामेल भएका नेइमारले पुनः पिएसजीसँग क्लब छोड्न चाहेको बताएका छन् । पिएसजीले भने नेइमारलाई क्लबमै बस्नका लागि मनाउने प्रयास गरिरहेको जनाइएको छ । नेइमार दुई वर्षअघि छोडेको क्लब बार्सिलोना फर्किन चाहेका छन् । तर, बार्सिलोनाले १सय २० मिलियन युरोमा एन्टोनी ग्रिजम्यानलाई अनुबन्धित गरेपछि नेइमारको सम्भावना कम भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);