नेइमार रियल मड्रिडमा जाने पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेइमार रियल मड्रिडमा जाने पक्का

एजेन्सी । नेइमार रियल मड्रिडमा जाने भएका छन् । अनुबन्धको सम्झौताका लागि तयार भएको र उनी अब चाँडै नै ला लिगामा फर्किने तयारीमा रहेको स्पेनिस पत्रिकाले दाबी गरेका छन् ।

नेइमारले बार्सिलोना छाडेर विश्वकीर्तिमानी मूल्यमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् । नेइमारका बुवा नेइमार सिनियरले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग अनुबन्धका सम्बन्धमा छलफल पनि गरिसकेका छन् । स्पेनिस पत्रिका डायरिओ गोलका अनुसार नेइमार सन् २०१९/२० सिजनमा रियल मड्रिड जाने विषयमा दुईपक्ष सहमत भएका छन् । नेइमार पिएसजीमा आफ्नै नामका लागि दुई वर्ष बस्न चाहेको खबर छ ।

तर रियल अध्यक्ष पेरेजले भने नेइमारलाई दुई सय २२ मिलियन पाउण्ड तिरेर विश्वको महंगो खेलाडी तथा बर्नाबेउको प्रमुख खेलाडी बनाउन तयार रहेको भन्दै आउँदो सिजन नै क्लब आउन आग्रह गरेको खबरमा उल्लेख छ । नेइमार अनुबन्धका लागि तयार भएको खबरले रोनाल्डो निराश रहेको खबर पनि आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);