नेइमार फेरि घाइते, खेलमा फर्कने सम्भावना कम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेइमार फेरि घाइते, खेलमा फर्कने सम्भावना कम

Neymar injured

काठमाडौं, ६ असार । पर्सी शुक्रबार ब्राजिलले विश्वकपको दोसो चरणको खेलमा कोस्टारिकासँग प्रतिस्पर्धा गर्दैछ । तर, यसपटक ब्राजिल नेइमारबिनै मैदान उत्रनेछ ।

पहिलो चरणको खेलमा नेइमारसहित खेलेको ब्राजिल स्वीजरल्याण्डसँग बराबरीमा रोकिएको थियो । टोलीको एउटा बलियो आत्मविश्वासका रुपमा रहेका नेइमार मैदान नउत्रिने भएपछि ब्राजिलको प्रदर्शन कस्तो रहला भन्नेबारे आमचासो बढेको छ ।

ब्राजिलका नेइमार विश्वकपमा सबैभन्दा बढी नजर राखिएका खेलाडी हुन् । प्रशिक्षक टेटेका अनुसार उनी ब्राजिललाई विश्वकप जिताउने प्रमुख आधारस्तम्भ हुन् । तर, मंगलबार ट्रेनिङ शेसनमा चोटका कारण पुग्न सफल भएनन् । उनको दायाँ एंकलको पीडा फेरी बल्जिएसँगै ट्रेनिङबाट बाहिरिएका हुन् । आइतबार स्वीजरल्याण्डसँग भएको खेलमा पनि उनी चोटकै कारण आक्रमकरुपमा प्रस्तुत हुन नसकेको बताइएको छ । स्वीस टोलीसँग बराबरी गर्ने क्रममा उनलाई धेरै पल्ट स्वीस खेलाडीले मैदानमा लडाएका थिए ।

उनी पिएसजीबाट खेल खेल्ने क्रममा गत फेब्रअरीमा घाइते भएका थिए । तर, त्यसको नभएको ब्राजिलिएन फुटबल महासंघका प्रवत्ता भिनिसियस रोड्रिगोएजले बताएका छन् । नेइमार पछिल्लो संस्करणको ब्राजिलिएन विश्वकपको क्वाटर फाइनलमा पनि घाइते भएका थिए । उनलाई कोलम्बिएन खेलााडी जुनिगाले घुँडाले ढाडमा हिर्काएर लडाएका थिए ।

नेइमार बिनाको ब्राजिलले सेमीफाइनलमा जर्मनीसँग ७–१ गोलको लज्जास्पद हार बेहोरेको थियो । चोट बल्झेका कारण अब उनी खेलमा फर्कने सम्भावना कम रहेको रोड्रिगोएजले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);