विश्वकप फुटबल अन्तरगत समुह बीको खेलमा स्पेनद्वारा इरान १–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वकप फुटबल अन्तरगत समुह बीको खेलमा स्पेनद्वारा इरान १–० ले पराजित

diago kosta

काठमाडौं, ७ असार । विश्वकप फुटबल प्रतियोगिताको समूह बी को खेलमा पूर्व विश्वविजेता स्पेनले एसियन टिम इरानलाई १–० गोलले पराजित गरेको छ ।

जारी विश्वकपमा स्पेनको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा स्पेनलाई पोर्चुगलले बराबरीमा रोकेको थियो । इरान विरुद्ध स्पेनका डिएगो कोस्टाले ५४ मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । उनले जारी विश्वकपमा तीन गोल गरिसकेका छन् । यता इरानले ६२ मिनेटमा बललाई जाली चुमाएपनि त्यसलाई अफसाइड घोषित गरिरएको थियो ।

इजाटोलाहीको प्रहार गोलपोस्ट भित्र छिरेपनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) रिभ्यूमा अफसाइड देखिएको थियो । जितसँगै स्पेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको पोर्चुगलको पनि ४ अंक छ भने इरानको ३ अंक छ । अब अन्तिम चरणमा स्पेन र मोरक्को तथा पोर्चुगल र इरानबीच खेल हुनेछ । अन्तिम १६ मा पुग्न स्पेन र पोर्चुगललाई बराबरी काफी छ भने इरानका लागि जित निकाल्नै पर्ने स्थिति छ ।

यस अघि बुधबार साँझ भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १–० गोल अन्तरले हराएको थियो । यस्तै समुह ए मा रहेको उरुग्वेले साउदी अरेबीयालाई १–० ले हराएको छ । विश्वकप अन्तरगत आज डेनमार्कले अष्ट्रेलियाको सामना गर्दै छ । यस्तै दोस्रो खेलमा फ्रान्सले पेरुसँग खेल्ने छ । आइसल्याण्डसँगको खेल बराबरीमा रोकिएपछि निकै दवावमा रहेको अर्जेन्टिनाले आज क्रोएसियासँग खेल्दै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);